logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • बहुँविवाहको आरोपमा माओबादीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य चौधरी निलम्बनमा

    बहुँविवाहको आरोपमा माओबादीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य चौधरी निलम्बनमा

    2K
    Shares
    बहुँविवाहको आरोपमा माओबादीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य चौधरी निलम्बनमा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले बहुविवाहको आरोपमा पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
    कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । उक्त विषयका बारेमा पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका र उनको कमजोरी पुष्टि भएसँगै हालै बसेको केन्द्रीय कार्यालयको बैठकबाट उनलाई निलम्बनको निर्णय भएको स्रोतले बतायो ।

    ‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend