काठमाडौँ । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यड्डन मन्त्री सुदन किरातीले बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएको भन्दै सम्झौता रद्द गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनका अनुसार अर्को प्रक्रिया पूरा नभएसम्म त्यहाँ पार्किङ निःशुल्क गरिएको छ ।