logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने

    नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने

    3.1K
    SHARES
    नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने

    काठमाडौँ नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले यही ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।
    यस्तो बस सेवा सञ्चालनमा ल्याउने गरी अहिले सडकमा मार्किङको काम भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । लेनमा आवश्यक भौतिक तयारी पूरा भएको जानकारी उनले दिए ।
    सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञचालन हुनेछ । द्रुत बसहरु चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको जानकारी पनि उनले दिए । खासगरी कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएको उनले बताए । त्यसबाहेकको समयमा भने अहिलेजस्तै सबै प्रकारका सवारीसाधन ती लेनबाट पनि चल्न पाउनेछन् ।



    यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने उनले बताए । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन,ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन’, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend