आइतबार, कार्तिक ३० २०८२

आइतबार, कार्तिक ३० २०८२

मासु माछा मात्रै होइन दुध घ्यू पनि नपाइने ठमेलमा खुल्यो भेजीटेरियन होटल

मासु माछा मात्रै होइन दुध घ्यू पनि नपाइने ठमेलमा खुल्यो भेजीटेरियन होटल

काठमाडौ फागुन ३- काठमाडौको ठमेलमा फागुन तीन गतेदेखि भेज एन्ड भेगन रेष्टुरेन्ट संचालनमा आएको छ ।

नेपाली काग्रेसका साम्सद भिमसेन दास प्रधान र नेपाल पत्रकार महासंघ युएई शाखाका निवर्तमान अध्यक्ष भुपराज बस्यालले सयुक्त रूपमा रिनब काटेर उद्घाटन गर्नुभयो ।
युएईमा लामो समय बिताउनु भएका काठमाडौका नारायण न्यौपानेले संचालनमा ल्याउनु भएको रेस्टुरेन्ट नाम प्लिज्ड भेज एन्ड भेगन रेस्टुरेन्ट दिइएको छ ।

नेपालमा सम्भवत पहिलो प्रयोगमा आएको यो रेष्टुरेन्ट बिदेशमा भने धेरै पाइने गर्छ । भेज भन्दा छुट्टै बिशेषता बोकेको रेस्टुरेन्टमा माछामासु एवम् दुध बाट बनेका कुनै पनि पदार्थका परिकार पाइदैन । बन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने मान्यता बोकेर हिडेका पौडेल नाफाकोकेही प्रतिशत यसै क्षेत्रमा खर्चगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि साम्सद भिम सेन दास प्रधानले हाम्रो शरीरको बनावटनै साहाकारीको संरचनामा बनेको हुँदा मासुको आवश्यक नहुने उल्लेख गर्नुभयो । कार्यक्रमका अर्का बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघ युएईका निवर्तमान अध्यक्ष भूपराज बस्यालले मासिकले पछिल्लो समय स्वास्थमा निकै ध्यान दिन लागेको हुँदा यसको बजार राम्रो हुने बताउनुभयो ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend