मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

चीनबाट फर्किन लागेका केही बिद्यार्थीमा ज्वोरो देखिएपछि नेपाल आउन रोक

चीनबाट फर्किन लागेका केही बिद्यार्थीमा ज्वोरो देखिएपछि नेपाल आउन रोक

काठमाडौँ — कोरोना प्रभावित चीनको हुबेईस्थित वुहान शहरबाट नेपाली लिन पुगेको वाइडबडी विमान चढ्न केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएको जानकारी प्राप्त भएको छ ।

विमानस्थलमा रहेका नेपालीहरुका अनुसार ४/५ जनालाई रोकिएको अपुष्ट सूचना प्राप्त भएको छ । रोकिएका हरुकाे संख्या यकिन हुन सकेको छैन ।

बेइजिङस्थित राजदूतावासका उपप्रमुख सुशील लम्सालले केही विद्यार्थीलाई ज्वरो देखिएपछि उनीहरुलाई विमान चढ्नबाट रोकिएको पुष्टि गरे। संख्या भने केही समयपछि मात्रै बताउन सकिने उनले जानकारी दिए।

शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो। उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए। कान्तिपुरबाट

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend