
फागुन ४ काठमाडौं- नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले चीनबाट नेपालीलाई उद्धार गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन्। कोरोनाभाइरसको त्रासका बीच चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याएकोमा थापाले नेपाल सरकार,सम्बन्धित सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका हुन्।
सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्, “काेराेना भाइरसकाे इपिसेन्टर चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरी ल्याउने कार्यमा संलग्न नेपाल सरकार,सम्बन्धित सबैनिकाय र व्यक्तिहरूलाई धन्यवाद!ति नेपालीको स्वास्थ्य,सुरक्षा,हेरचाह लगायत आवश्यक सम्पूर्ण व्यवस्थापनमा सरकारको प्रयासमा सबैको सहयोग आवश्यक छ।हामी सरकारको साथमा छौ। ”
काेराेना भाइरसकाे इपिसेन्टर चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरी ल्याउने कार्यमा संलग्न नेपाल सरकार,सम्बन्धित सबैनिकाय र व्यक्तिहरूलाई धन्यवाद!ति नेपालीको स्वास्थ्य,सुरक्षा,हेरचाह लगायत आवश्यक सम्पूर्ण व्यवस्थापनमा सरकारको प्रयासमा सबैको सहयोग आवश्यक छ।हामी सरकारको साथमा छौ
— Gagan Thapa (@thapagk) February 16, 2020
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend