मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

टेबुले सलामी खाएका जैमिनीका मेयर भन्छन: खेलाडीको अपमान नगर्न टेबुलमाथि चढेर सलामी फर्काएँ

टेबुले सलामी खाएका जैमिनीका मेयर भन्छन: खेलाडीको अपमान नगर्न टेबुलमाथि चढेर सलामी फर्काएँ

फागुन ४ काठमाडौं- बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले सलामी ग्रहण गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ। जैमिनी नगरपालिकाको कुस्मीसेरामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोयोगिताको उद्घाटन गर्ने क्रममा पौडेलले सलामी ग्रहण गरेका थिए।

उद्घाटन समारोहका प्रमुख अतिथि रहेका पौडेल टेबलमा उभिएर खेलाडीहरुलाई सलामी फर्काए। यसैका कारण सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ।

तर मेयर पौडेलले भने रेफ्री र प्रशिक्षकले खेलाडीलाई जमिनमा टेकेर सलामी फर्काउन नमिल्ने भनेपछि आफुले टेबुलमा चढेर सलामी फर्काएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “सामाजिक संजालमा मेरा बारेमा फैलाएका टीका टिप्पणी बारे म गम्भीर छु । टेबुल मैले जान्दछु , त्यो मेरो रहर होइन । खेलका एम्पायर तथा रेफ्रीज्यूहरुले भन्नू भो, भुइबाट सलामी फर्काइयो भने खेलाडीकाे अपमान हुन्छ । हामी संग सानो टेबुल उपलब्ध थियो, बिकल्पहिन अबस्थामा त्यहि प्रयोग गरियो । शुभचिन्तक साथीहरूले यसको बिकल्प प्रयोग गरेको भए हुन्थ्यो भन्ने मनसायले सुझाब दिनुहुने िप्रयजनहरुका प्रती उच्च सम्मान प्रकट गर्दछु । मेरो विश्वास छ साथीहरूले यो विषय सहि ढंगले बुझ्नुहुनेछ ।”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend