मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कार्यकक्षमै रक्सी खाएको भन्नेबारे बोल्यो मुख्यमन्त्रीको सचिवालय, के हो वास्तविकता ?

कार्यकक्षमै रक्सी खाएको भन्नेबारे बोल्यो मुख्यमन्त्रीको सचिवालय, के हो वास्तविकता ?

फागुन ४ काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यालयमानै रक्सीको पार्टीको आयोजना गरेको भनेर सार्वजनिक गरिएका फोटा र समाचारको मुख्यमन्त्रीको निजि सचिवालयले खण्डन गरेको छ।

मुख्यमन्त्रीज्यूको निजी सचिवालयले प्रेश विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको कार्यकक्षमा नभई आफ्नै निवासमा पारिवारिक जमघटका क्रममा ति तस्बिर लिइएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “फागुन २ गते माननीय मुख्यमन्त्रीज्युको परिवार वेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रवन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्युको जन्मदिन पनि रहेकाले निवासमा साँझ पारिवारिक जमघटको व्यबस्था गरिएको थियो। सो क्रममा खिचिएका फोटा र भिडियोलाई मुख्यमन्त्रीज्युको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गरिनु विडम्बनापूर्ण छ।”

“गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौ। तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं।”

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend