मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला, राम्रो र सस्तो पाउने भएपछी ग्राहकको भिड

भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला, राम्रो र सस्तो पाउने भएपछी ग्राहकको भिड

फागुन ४ काठमाडौं- काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा बृहत जुत्ता चप्पल मेला लागेको छ। प्रतिष्ठित जुत्ता कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्डवाक,रन शु र शुल्याण्डले मेलाको आयोजना गरेका हुन्। मेलामा ग्राहकको भिड लागेको छ।

मेलामा नेपाली उत्पादित थरीथरीका जुत्ताचप्पलहरु रहेका छन् । बच्चा देखि जेष्ठ नागरिक सम्म महिला पुरुषका गरि करिब दुईहजार मोडलका जुत्ता चप्पल रहेका छन् ।

फागुन १ गते देखि सुरु भएको मेलामा नेपालमा बनेका थरिथरिका जुत्ता चप्पलहरु प्रदर्शनीका लागि राखिएका छन्। १ सय देखी १ हजारसम्मका चप्पल र २ सय ५० देखी ८ हजार सम्मका जुत्ता पाइने उक्त मेलामा १५ देखी ५० प्रतिशत सम्म छुटको दिइएको छ । नेपाली उपभोक्ताहरुको सरदर आय तथा आमउपभोक्ताहरुको रुचिलाई मध्यनजर गरी उत्पादन गरिएका उत्पादनहरु अत्यन्त आर्कषक र सुलभ मूल्यमा पाइने आयोजकको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend