
फागुन ४ काठमाडौं- निवर्तमान सभामुख कृष्ण बहादुर महराको मुद्दामा बहस सकिए पनि फैसला भने भोलि (सोमबार) मात्र हुने भएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको मुद्दाको सुनुवाइ सकिएको छ।
महरालाई संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लागेको थियो। सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा राख्न अनुमति दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालतमा निवेदन दिएका थिए तर उच्च अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो।
यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend