
फाल्गुन ५ काठमाडौं – नेपालमै पहिलो पटक बिजुलीका तार भुमिगत गर्ने कार्यक्रमको महाराजगंजबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको छ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्न थालेको अभियानको औपचारिक उद्घाटन प्रधामन्त्री केपी शर्मा ओलीले गरेपछि पहिलो चरणमा आजदेखि आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिन मुनि बिछ्याउने कार्यक्रमको औपचारीक शुरुवात हुने छ।
प्रधानमन्त्रीले शुभारम्भ गरेसंगै कामले गति लिनेछ र अहिलेजस्तो विद्युत वितरण लथालिङ्ग हुने छैन भूमिगत भएपछी सडकमा तार देख्नुपर्ने छैन। काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो।
अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुली तार जमिनमुनी राखिने भएको छ। यसका लागि सडक यत्रतत्र खन्नुपर्ने छैन। तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ। रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनुको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंकले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ।
दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन्। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सर्भे भइसकेको छ। प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई वर्षभित्र अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ। विद्युत वितरण प्रणालीलाई पहिलोपटक भूमिगत गर्न लागिएको हो। यो सफल भएपछि अन्य सहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने प्राधिकरणको तयारी छ।
फोटो – हेमराज शर्मा/ सुनौलो नेपाल
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend