बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

गुणस्तरीय र समयमै काम नगर्ने पप्पु कन्स्ट्रक्सनसहित ६ वटा कम्पनि कालोसूचीमा (सुचिसहित)

गुणस्तरीय र समयमै काम नगर्ने पप्पु कन्स्ट्रक्सनसहित ६ वटा कम्पनि कालोसूचीमा (सुचिसहित)

फागुन ५ काठमाडौं – सरकारले ६ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालुसुचिमा राखेको छ। पप्पु कन्स्ट्रक्सन प्रालि, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र एचबी केसी निर्माण सेवालाई कालोसुचिमा राखेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ताहाचल काठमाडौंले विभिन्न सार्वजनिक निकायबाट भएको सिफारिसअनुसार फागुन ४ गतेको निर्णय गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएअनुसार सार्वजनिक गरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई निश्चित अवधिसम्म कालोसूचीमा राखिएको हो ।

सूचना अनुसार ती कम्पनीहरू न्यूनतम एकवर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचिमा परेका छन्। अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचिमा राखेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend