
फागुन ५ काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले अमेरिकाको विकास परियोजना एमसीसीको बारेमा हतार गरेर निर्णय गरिहाल्न नहुने बताएका छन्। सुनौलो नेपालसंग कुरा गर्दै गिरीले एमसीसीका कारण नेपाललाई अन्तराष्ट्रिय राजनीतिक प्रतिष्पर्धात्मक रुपमा अप्ठ्यारो स्थिति सृजना गर्ने बताएका हुन्।
एमसीसीमार्फत नेपालले प्राप्त गर्ने बजेट अन्य तरिकाबाट अरु मुलुकबाट पनि कर्जा लिन सक्ने भन्दै उनले अमेरिकाबाट एमसीसीको रुपमा ल्याउनु पर्छ भन्ने नभएको बताए।
प्रधानमन्त्रीको दुई बर्षे कार्यकालको बारेमा समेत प्रतिक्रिया दिदै उनले भने, “आजको अन्तरराष्ट्रिय आर्थिक र कुटनैतिक परिपेक्षमा नेपालले जुन कठिनाई,जटिलता र चुनौती भोगेको छ त्यसको सामान्य अनुभूति पनि प्रधानमन्त्री केपी ओलीलाई, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई र हजारौँ मान्छे हाँसी हाँसी मर्न प्रेरित गर्ने प्रचण्डलाई पनि छैन।”
त्यस्तै बालुवाटार प्रकरणमा अख्तियारले बिजय गच्छेदारलाई कारबाही गरेर गल्ती त गरेको छैन “कांग्रेसले अझै ठुलो गल्ती त सबैलाई कारबाही गर भन्न नसकेर खाली गच्छेदार गच्छेदार भनेर गर्यो उनले भने
हेर्नुहोस सुनौलो नेपालका लागी महेश शर्माले गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend