
फागुन ५ काठमाडौं – रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियु र नेवि संघ बीच झडप भएको छ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको विषयलाई लिएर दुइ विद्यार्थी संगठनका विद्यार्थीबीच झडप हुँदा केहि घाइते भएको बताइएको छ।
दुवै पक्षका केहि विद्यार्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
अनेरास्ववियूका सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् भने नेवि संघका आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend