
फागुन ५ काठमाडौं – लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले थोत्रो साइकल चढ्ने हैसियत नभएकाहरु अहिले करोडौँको गाडी चढेर हिड्ने गरेको बताएका छन्। झापामा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले भने, ” यो देशका जनप्रतिनिधिहरुलाई थोत्रो साइकल पनि दिन मिल्दैन, तर करोड करोडको गाडी कहाँबाट आउँछ ?
चुनावमा भोट माग्दा घरघरमा हात जोडेर, शिर निहुर्याएर, आमा बा भन्दै खुट्टामा ढोग्ने ति नेताहरु अहिले तिनै मतदातालाई लात्ती हान्न तयार भएर बसेको उनको भनाइ थियो।
आफुँ अन्यायमा परेको बेला पाएको साथ् र समर्थनको ऋण जिन्दगिभरि सत्कर्म गरेर तिर्ने भन्दै उनले आफुँप्रतिको जनताको विश्वासलाई कहिले डगमगाउन नदिने बताए। सबैभन्दा सजिलो मान्छेलाई एउटा दोष लगाईदिएपछि हुने रहेछ, उनले भने “मानिसलाई चरित्रको दोष लगाइदिनुस अथवा पैसाको दोष लगाइदिनुस, त्यो सजिलो छ तर त्यति लोभ, त्यति लालसा बोकेर हामी ज्यान हत्केलामा लिएर काम गरिरहेका छैनौँ, हामी त्यस्ता लोभभन्दा धेरै माथि छौँ। ”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend