
फागुन ५ काठमाडौं – बलात्कारको आरोपमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले सफाई पाएका छन्। आज काठमाडौं जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाई दिएको हो।
महराले संसद सचिवालयमा कार्यरत एक महिलालाई करणी उद्योग गरेको आरोपमा १४ कात्तिक २०७६ मा उनी बिरुद्ध करणी उद्योग मुद्दा दर्ता भएको थियो।
यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । महरालाई १९ असोज २०७६ मा पूर्पक्षका लागि सदरखोर डिल्लीबजार कारागारमा राख्न अदालतले आदेश दिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend