logo

२०८० फाल्गुन १४ सोमबार

logo
  • सोमबार, १४ फाल्गुन २०८०
  • राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

    राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

    2K
    Shares
    राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किनु भएको छ ।
    अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भइ आज स्वदेश फर्कनु भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष निलकण्ठ काफ्ले लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उहाँ यही असोज १० गते राति दोहा प्रस्थान गर्नु भएको थियो । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend