
फागुन ६ काठमाडौं – बलात्कारको आरोपमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले अदालतबाट सफाई पाएपनि आजको प्रतिनिधि सभाको बैठकमा भने उपस्थित भएनन। अदालतबाट सफाई पाएसंगै महराको सांसद पदको रोक्का सेवा सुविधा भने स्वतः फुकुवा भएको छ ।
फौजदारी अभियोग लागेका सांसदले सफाइ पाएपछि प्रतिनिधिसभालाई उक्त सूचना संसद बसेका बेला सभामुखमार्फत पढेर सुनाउने र संसद नबसेका बेला सूचना टाँस गरेर जानकारी दिने ब्यबस्था छ । तर आजको बैठकमा यो समाचार तयार गर्दासम्म कुनै पनि सुचना जारि भएको छैन।
महरा प्रकरणमा जिल्ला अदालतले सफाई दिए पनि सरकारी वकिल कार्यालय जिल्ला अदालको फैसलाविरुद्ध उच्च अदालत जानै पर्ने भएकोले यो नै अन्तिम फैसला नहुने कानुनविदहरु बताउँछन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend