शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

संसदमा गगन थापाको व्यंग्य: ‘गोकुल धाममा खड्ग उचाल्नु, चार पटक विष्णु विष्णु भन्नु’

संसदमा गगन थापाको व्यंग्य: ‘गोकुल धाममा खड्ग उचाल्नु, चार पटक विष्णु विष्णु भन्नु’

फागुन ६ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलका छोराले जग्गा फिर्ता गरेको बिषयमा व्यंग्यात्मक शैलीमा कटाक्ष गरेका छन्। प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै थापाले स्वस्थानी ब्रत कथाको शैलीमा विष्णु पौडेल माथि व्यंग्य गरेका हुन्।

‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए होइन होइन भन्नु र चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए चोरीको सामान फिर्ता गर्नू ।’ थापाले भने।

थापाले भने, कुमारजी आज्ञा गर्नुहुन्छ।

विष्णुमणि,

अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु।

चित्त बुझाउन नसकेर अप्ठेरोमा नै पर्न गए चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend