शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

कोरोनासंग लड्दा लड्दै युहानको अस्पतालका निर्देशककै गयो ज्यान

कोरोनासंग लड्दा लड्दै युहानको अस्पतालका निर्देशककै गयो ज्यान

फागुन ६ काठमाडौं

एजेन्सीकोरोनाभाइरस महामारीको केन्द्रका रुपमा रहेको चीनको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ।

उनी यस भाइरस्का कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । कोरोनाभाइरसका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट