फागुन ६ काठमाडौं – गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यहि फागुन ९ गते सेना दिवस मनाउँदै छ। दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमको पूर्वतयारीका रुपमा आज रिहर्सल गरिएको छ।
शिवरात्रीको दिन मनाउन लागेको दिवसको दिन गर्ने पुष्पवृष्टिको रिहर्सलमा आज काठमाडौंको आकाशमा एकै पटक चार वटा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।
हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सैनिक दिवस मनाउने चलन छ । कार्यक्रममा सेनाका विभिन्न झाँकीहरु पनि प्रदर्शन गरिनेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend