आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

कृष्णबहादुर महराले भने एमसीसी संसदमा टेबुल गर्न नमानेकै कारण फसाईयो

कृष्णबहादुर महराले भने एमसीसी संसदमा टेबुल गर्न नमानेकै कारण फसाईयो

फागुन ७ काठमाडौँ- निबर्तमान सभामुख कृष्ण बहादुर महराले अमेरिकी सहयोग एमसीसी संसदमा टेबुल गर्न अनुमति नदिएकै कारण आफुलाई फसाईएको बताएका छन् । मंगलबार एक टेलिभिजनमा अन्तरबार्ता दिंदै महराले भने म राष्ट्रिय स्वाधिनताको बिषयमा नझुकीकिन लड्न चाहन्छु त्यो बिषयमा पछि धेरै कुरा भन्छु । कसले फसायो भन्ने कुरा पछि भन्छु, मैले एमसीसी अनुमोदन हुनुहुदैनं भनेको छैन ,मैले एमसीसी टेबुल हुन् नदिएको चाँही साँचो कुरा हो । मलाई जेल सम्म लैजान यो कारण हो ‘त्यो त् प्रधानमन्त्रीले नि भन्नुभाछ’  यी सबै कुरालाई अहिले बृस्तृतमा नजाउ किन भने अनुमोदन गर्नलाई  सभामुखले अनुमति दिनुपर्छ टेबुल गर्नको लागि । त्यो टेबुल गर्नको लागि केहि सम्म कुर्नु पर्छ भन्ने मेरो मान्यता थियो तर अनुमोदननै गर्नु हुदैन भने होईन एमसीसी अनुमोदन हुन्छ या हुँदैन भन्ने कुरा  संसद भित्रको कुरा हो उनले भने ।

संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए।यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend