
फागुन ७ काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट पास हुने दोहोर्याएका छन्।
सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेकपाले एमसीसी बारे अध्यन गर्न बनाएको कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी एमसीसी पारित हुने बताएका हुन्।
कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभइ विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको बताउँदै प्रचण्डले नेपालको कम्युनिष्टलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको समेत बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend