बुधबार, असार २५ २०८२

बुधबार, असार २५ २०८२

अनाबश्यक भ्रम फैलाउने अमेरिकी पत्रकारलाई ५ दिन भित्र चीन छोड्न आदेश

अनाबश्यक भ्रम फैलाउने अमेरिकी पत्रकारलाई ५ दिन भित्र चीन छोड्न आदेश

फागुन ७ काठमाडौं –
एजेन्सी – आपत्तिजनक समाचार लेख्ने ३ अमेरिकी पत्रकारलाई देश निकाला गर्ने चीनले घोषणा गरेको छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका पत्रकार जोस चिन, चाव देङ र फिलिप वेनलाई ५ दिनभित्र चीन छाडिसक्न आदेश दिएको हो।

वाल स्ट्रिट जर्नलले छापेको एउटा लेखको शीर्षक वेइजिङलाई आपत्तिजनक लागेको तर त्यसप्रति सो पत्रिकाले सार्वजनिकरुपमा माफी नमागेका कारण पत्रकारलाई देश निकालाको घोषणा गरेको अर्को अमेरिकी अखबार दि वासिंगटन पोष्टले जनाएको छ। सो लेखको शीर्षकलाई वेइजिङले जातीय विभेद दर्शाउने र चिनियाँ जनतालाई आपत्ती हुने भाषा प्रयोग गरेको भन्दै विरोध जनाएको थियो।

वाल स्ट्रिट जर्नलका अनुसार त्यहाँको व्युरोका उपप्रमुख जोस चिन र संवाददाता चाव देङ र अर्का संवाददाता फिलिप वेनलाई ५ दिनभित्र चीन छाड्न आदेश दिइएको हाे। चिन र देङ अमेरिकी नागरिक हुन् भने वेन अष्ट्रेलियन नागरिक हुन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend