logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अुनसन्धान कमजोर भयो : उपाध्यक्ष पाण्डे

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अुनसन्धान कमजोर भयो : उपाध्यक्ष पाण्डे

    1.4K
    Shares
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अुनसन्धान कमजोर भयो : उपाध्यक्ष पाण्डे

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अुनसन्धान कमजोर भएको बताउनुभएको छ ।
    बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताउनु भयो । उहाँले स्थानीय तहमा सहभगी भएका राजनीतिक दलहरुले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताउनु भयो ।

    उहाँले फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कतिपय ऐन बनाउने सवालमा उहाँहरुलाई पाएको अधिकारलाई पनि अलिकति दुरुपयोग हुने काम भएको छ । त्यतातिर हामीले ध्यान दिनुपर्छ । स्थानीय तहमा सहभगी भएका राजनीतिक दलहरुले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य हाम्रो पनि हो ।

    कहिले कहीँ अख्तियारले सम्झाउँछ, कहिले कहीँ आफैँले पनि सम्झिँदा हुन्छ । यतातिर पनि हामीले ध्यान दिनुपर्छ । फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन ? रातो घरको बेसगरी आतंक छ । त्यो आतंक होइन, कमजोरी गरे भने छुट्टै हो नत्र यो घरले न्याय दिन्छ भन्ने विश्वास जगाउनु पर्छ ।
    यो विश्वासमा केही कमी भएका छन् ।

    अनुचित कार्य अनुचित ढंगले नै प्रयोग भएकाले संविधानबाट पनि यो शब्द हटाउनु परेको हो । अख्तियारको विस्तृत अनुसन्धान कमजोर छ । त्यसकै लागि एक्सपोटिजको विकास गर्ने ढंगले लाग्नुपर्छ । क्षमता वृद्धिको लागि भुमिका खेल्नुपर्छ ।’ सांसद पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरुरी रहेको बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend