बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

१० तस्विरमा हेर्नुस, कोरोनाभाइरसविरुद्ध यसरी लड्दै छ चीन

१० तस्विरमा हेर्नुस, कोरोनाभाइरसविरुद्ध यसरी लड्दै छ चीन

फागुन ७ काठमाडौं – चीनमा कोरोनाभाइरसले उग्र रुप लिइरहेको छ। भाइरस्का कारण चीनमा मृत्यु हुनेको संख्या २ हजार भन्दा माथि पुगेको छ भने झन्डै ७० हजार पुगेको छ।

चीनले कोरोनाभाइरससंगको लडाइ जितीछाड्ने अठोट लिएको छ।

तस्विरमा हेर्नुस, कोरोनाभाइरसविरुद्ध यसरी लड्दै छ चीन:

NIC ASIA SQUARE

अहिले चीन कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) को प्रकोपसँग जुधिरहेको छ। भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघिसक्दा चीनले राज्यका सम्पूर्ण अंगहरु र कम्युनिस्ट पार्टी पंक्तिलाई प्रयोग गरेर भाइरस नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।

गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले भाइरसविरुद्धको ‘जनयुद्ध’ जित्न उत्साहित भएर लाग्न सबैसँग आग्रह गरेका थिए।

‘यो लडाइँ हामीले लड्नै परेको छ। हामीले भाइरसविरुद्धको यो समग्र युद्ध र जनयुद्ध जित्ने पूरा आत्मविश्वाससहित लड्नुपर्छ,’ सीले बेइजिङस्थित दाइतान अस्पताल भ्रमणपछि उनले भनेका थिए।

लगत्तै केन्द्रीय सैन्य आयोगको आदेशमा चिनियाँ जनमुक्ति सेना पनि भाइरस नियन्त्रणमा खटिएको छ। गत साता वायु सेनाले आफ्ना ११ वटा विमानमा स्वास्थ्यकर्मी र सामग्री भाइरसको उद्गमस्थल हुबेई प्रान्तको वुहान सहरमा पठाएको थियो।

त्यसका लागि चिनियाँ सेनाले वाई–२० विमान समेत प्रयोग गरेको छ। सेना र बन्दोबस्तीका सामान ओसार्न चीन आफैँले बनाएको यो विमानलाई पहिलो पटक गैरसैन्य कार्यमा प्रयोग गरिएको हो।

pla-1.jpg
pla-3.jpg
pla-2.jpg
pla-4.jpg
pla-5.jpg
pla-6.jpg
pla-8.jpg
pla-10.jpg
pla-11.jpg
pla-15.jpeg
pla-16.jpg
तस्बिर: सिन्ह्वा

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend