
फागुन ८ काठमाडौं: केहि दिन अगाडी कान्तिपुरको अंग्रेजी संस्करण द काठमाडौं पोस्टले चिनियाँ नेता माओको फोटोमा मास्क लगाएर समाचार छापेपछि चिनियाँहरुले त्यसको कडा आलोचना गरेका छन्।
आफ्ना महान नेता माओत्सेतुङ्खको अपमान गर्दै फोटो छापेको भन्दै चिनियाँहरुले आपत्ति मात्र जनाएनन दुताबासले बिज्ञप्ति नै जारी गरेर त्यसको कडा भर्त्सना गर्यो।
यसै बिषयमा चाईना मिडिया ग्रुप नेपालकी अध्यक्ष चाङ यु (बर्षा) कोरोना भाइरससंग लडिरहेको चीनबारे समाचार लेख्दा र उक्त समाचारमा अन्य प्रतिकारात्मक तस्बिर हुँदाहुदै पनि दिवंगत भैसकेका चीनका महान नेताको फोटोमा माक्स लगाउनु नै नियतमा खोट भएको बताइकी छन्।
सुनौलो नेपालसंगको कुराकानीका क्रममा उनले कुनै पनि विषयलाई लिएर चिनियाँ महान नेता माओको अपमान गरेको आफुहरुलाई सह्य नहुने बताएकी छिन। माओको सम्पूर्ण चिनियाँहरुले सम्मान र कदर गर्ने भएकाले उहाँमाथि हिलो छ्याप्ने काम कदापि मान्य नहुने बताइन।
हेर्नुहोस सुनौलो नेपालका लागी महेश शर्माले वर्षासंग गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend