
फागुन ८ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सांसद नविना लामाले सञ्चारमन्त्री गोकुल बास्कोटालाई फसाउन खोजिएको बताएकी छिन। उनले बास्कोटाविरुद्धको यो प्रकरण नेकपाको सरकार बिरोधि शक्ति, केहि दलाल पुँजीपति, व्यापारिक घराना र अन्तराष्ट्रिय ठेकेदारको षड्यन्त्रको उपज भएको बताएकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले केवल श्रव्यसामाग्रीको आधारमा मात्रै कोहि व्यक्तिलाई दोषी करार गर्ने कार्य देशमा स्थापित विधिको विपरित भएको उल्लेख गरेकी छिन।
उता सञ्चारमन्त्री गोकुल बास्कोटाले आफ्नोबारे नैतिक प्रश्न उठेको भन्दै राजीनामा दिएका छन्। मन्त्री बाँस्काेटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद सम्बन्धमा कमिसनमा माेलमाेलाइ गरेकाे अडिओ बाहिरिएसँगै उनीमाथि नैतिक प्रश्न उठेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend