बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

शनिवारसम्म देशका यी स्थानमा हुनेछ मेघ गर्जनसहित वर्षाको सम्भावना

शनिवारसम्म देशका यी स्थानमा हुनेछ मेघ गर्जनसहित वर्षाको सम्भावना

फागुन ९ काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको बताएको छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार बिहानदेखि पश्चिम नेपालका अधिकांश स्थानमा हल्का वर्षा भएको छ भने आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबारसम्म मौसम बदलीको क्रम जारी रहेनछ भने आइतबारदेखि मौसममा क्रमिक सुधार आउनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend