आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

सत्ता बाहिर हुँदा जनताको मन जित्न अनेक गर्ने कम्युनिष्टहरु सत्ता पाएपछि त्यसतर्फ उन्मुख देखिएनन -प्रचण्ड

सत्ता बाहिर हुँदा जनताको मन जित्न अनेक गर्ने कम्युनिष्टहरु सत्ता पाएपछि त्यसतर्फ उन्मुख देखिएनन -प्रचण्ड

९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीले सत्ता बाहिर हुँदा मात्र जनताको पिडा बुझ्ने र सत्तामा पुगेपछि त्यसलाई बिर्सने परिपाटी देखिन थालेको बताएका छन्।

नारायणगोपाल जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले भने कम्युनिष्टले मात्र देशको मुहार फेर्न सक्छन भनेर जनताले हाम्रो एकतालाई अनुमोदन गरेका छन्। तर हाम्रो सस्कृति र सस्कार हाम्रो बिचार या राजनीतिमा समस्या बढेका छन्। कम्युनिष्टहरु सत्तामा नहुदा जनता जहाँ छन् त्यहि बस्ने, जनताले जे खान्छन त्यहिँ खाने र नभएको सत्ता प्राप्त गर्न सक्ने तर प्राप्त गरेपछि त्यो आदर्शबाट बिचालित् हुने सकेत देखिन थाले ।

सत्तामा नपुग्दासम्म पद लोभ लालसा छोडेर मृत्युलाई सामना गरेर जस्तोसुकै तपस्या त्याग गर्न तयार भएका, प्रतिक्रियाबादीका जेल नेल यातना र मृत्युलाई हाँसी हाँसी स्विकार्न तयार मान्छेहरुको हातमा नै सत्ता आएपछि अर्कै अर्कै जनताबाट टाढा हुन् थालेको जनभावनालाई सम्बोधन गर्न नसकेको भ्रष्टाचारमा लुप्त हुन् खोजेजस्तो देखिन थालेको छ।

सत्तामा पुगेपछि पदको लोभ लालसा विश्व कम्युनिष्टमा मात्रै हैन नेपालमा पनि देखिन थालेको छ। साेभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ता कसरी पतन भयो भन्ने उल्लेख गर्दै उनले भने, ‘अहिले भइसक्यो भनेको होइन । मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत त त्यति राम्रो देखिएनन् नि आजभोलि । यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने बिग्रिनेतिर जस्तो देखिदै छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend