
फागुन ९ काठमाडौं: नेपालस्थित बेलायती दुतावासमा सुघौली सन्धि गर्दा गुमेको नेपाली भुमि फिर्ता गर्न भूमिका खेली सहयोग गर्न भन्दै ज्ञापन पत्र बुझाइएको छ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले शुक्रबार बेलायती दूतावासमा ज्ञापनपत्र बुझाएको हो।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले वेलायतका प्रधानसेनापति मार्क कार्लटन स्मिथका नाममा बुझाइएको पत्रमा नेपालको ६० हजार वर्ग किमि जमिन फिर्ता गर्न भूमिका खेलिदिन अनुरोध गरिएको छ। प्रधानसेनापति मार्क अहिले नेपाल भ्रमणमा रहेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend