मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

गोकुल प्रकरणमा नेकपा सांसदको व्यंग्य, क्रेनले तानेर मन्त्री बनाएका अराजक व्यक्ति पदमा टिकाईरहन सक्दैनन् भन्ने पुष्टि भयो

गोकुल प्रकरणमा नेकपा सांसदको व्यंग्य, क्रेनले तानेर मन्त्री बनाएका अराजक व्यक्ति पदमा टिकाईरहन सक्दैनन् भन्ने पुष्टि भयो

फागुन ९ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सांसद सुदन किराँतीले अराजक ब्याक्तिलाई ठुला नेताले क्रेनले तानेर केहि समय नेता र मन्त्री बनाए पनि त्यो धेरै समय टिकाईरहन सक्दैनन भन्ने घटनाले पुष्टि भएको बताएका छन् ।

गलत प्रवृतिका ब्याक्तिलाई नेताले काखी च्यापेकै कारण पार्टी र सरकारको बदनाम भएको भन्दै किराँतीले खराब प्रवृतिका जो कोहीलाई पनि छाड्न नहुने धारणा राखे।

सुनौलो नेपालसंग कुराकानी गर्दै सांसद किरांतीले उनको कमिसनको लोभका कारण नेकपाको सरकार नेकपा पार्टी  र सांसदहरुको समेत प्रतिष्ठामा जोडिने हुँदा उनलाई केन्द्रिय सदस्यबाट हटाउनु पर्ने बताए।

घुस दिने पनि र घुस लिने पनि अपराधि हुन् भनी  घोषणा गरेर भ्रष्टाचारको बिषयमा राष्ट्रिय अभियान थाल्नुपर्ने उनको भनाइ छ। कसैलाई काखा र कसैलाई पाखा नगरी भ्रष्टाचारी जो कोहि भए पनि कारवाही गर्नुपर्ने उनले बताए।

 हेर्नुहोस सुनौलो नेपालका लागि सांसद किराँतीसंग मोहराज शर्माले गरेको कुराकानी:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend