मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

पर्वतको विकट गाउँमा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु

पर्वतको विकट गाउँमा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु

फागुन १० काठमाडौं: पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ ।

रु दुई करोड ५० लाखको लागत अनुमान रहेको सो आयोजनाको शुक्रबारदेखि निर्माण शुरु भएको हो । गण्डकी प्रदेश सरकारले रु साढे दुई करोड बजेट विनियोजन गरेको जनाइएको छ ।

विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यहाँका बासिन्दा अब खानेपानीको समस्याबाट मुक्त हुने र समयमै काम सम्पन्न गराउनको लागि स्थानीयवासीसमेत क्रियाशील हुनुपर्नेमा जोड दिए ।

खानेपानीको विद्युत् महशुल गाउँकार्यपालिकाबाटै भुक्तानी हुने गरी व्यवस्था मिलाउने तयारी गरेको जनाइएको छ । रानीपानीको भाटीचौर, साउथर, कुमालगाउँ, पस्यारलगायतका ठाउँका १५० भन्दा बढी बासिन्दा आयोजनाबाट लाभान्वित हुने वडा नं ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए ।

आयोजनाको काम शुरु भएसँगै स्थानीयवासी निकै हर्षित भएका छन् । रानीपानीमा अर्को बृहत् अरेबा लिफ्ट खानेपानी आयोजनाको कामसमेत शुरु हुँदैछ । यी दुई खानेपानी आयोजना सञ्चालन भएपछि वर्षौंदेखिको खानेपानीको समस्या बाट पूर्ण मुक्त हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend