आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

चीनमा २ हजार भन्दा बढीको ज्यान लिएको कोरोनाभाइरसको संक्रमण दक्षिण कोरियामा पनि फैलँदै

चीनमा २ हजार भन्दा बढीको ज्यान लिएको कोरोनाभाइरसको संक्रमण दक्षिण कोरियामा पनि फैलँदै

फागुन १० काठमाडौं:
बीबीसी – चीनमा केही दिन यता कोरोना भाइरस ( कोभिड १९ ) का कारण मृत्यु र संक्रमित हुनेको संख्या घट्दै गएको छ। तर दक्षिण कोरिया, इटाली, इरान लगायत अन्य राष्ट्रमा भने कोरोनाको संक्रमण बढ्दै गएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार चीन बाहिर २६ राष्ट्रमा फैलिएको कोरोना भाइरसका कारण १ हजार २ सय जना संक्रमित भएका छन्। आठ जनाको मृत्यु भएको छ। जसमध्ये दक्षिण कोरियामा मात्र दुई जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ।

चीन बाहेक दक्षिण कोरियामा सबैभन्दा धेरै संक्रमित भेटिएको डब्लुएचओले पुष्टि गरेको छ। शनिवार मात्र दक्षिण कोरियामा १ सय ४२ नयाँ संक्रमित भेटिएको छ। यो संगै दक्षिण कोरियामा संक्रमितको संख्या ३ सय ४६ पुगेको छ।

चीनमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म २ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ। ७६ हजार २ सय ८८ जनामा संक्रमण भएको पुष्टि भएको छ।

चीन बाहिर कोरोना भाइरसको संक्रमण अपेक्षाकृत रुपमा सानो भएपनि चिन्ताजनक भएको डब्लुएचओका प्रमुख डा. टेड्रोस अढानोम घेबियसले बताएका छन्।

दक्षिण कोरियाका प्रधानमन्त्री चुंग सिय क्यायुनले संक्रमितको संख्या ३ सय पुग्नुलाई सार्वजनिक स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ। डायगु र चेयांगोको दक्षिणी शहरमा स्पेशल केयर जोनन्स को रुपमा घोषणा गरी विशेष निगरानीमा राखेको छ। दक्षिण कोरियाको राजधानी सियोलको केन्द्रीय क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend