
फागुन १० काठमाडौं: इरानमा काेराेना भाइरसकाे सङ्क्रमणबाट शनिबार थप एक जनाकाे ज्यान गएकाे छ । योसहित इरानमा कोरोना जीवाणुका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अहिलेसम्म इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।
इरानमा १० जना नयाँ कोरोनाका बिरामी फेला परेकाे सरकारी अधिकारीहरुले बताएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरपूर प्रयास गरिरहेको जानकारी दिनुभएकाे छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार चीन बाहिर २६ राष्ट्रमा फैलिएको कोरोना भाइरसका कारण १ हजार २ सय जना संक्रमित भएका छन्। आठ जनाको मृत्यु भएको छ। जसमध्ये दक्षिण कोरियामा मात्र दुई जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend