बिहिबार, चैत्र ७ २०८१

बिहिबार, चैत्र ७ २०८१

नेपालमा पनि मनाइयो “इन्टरनेशनल रेड बुक डे”

नेपालमा पनि मनाइयो “इन्टरनेशनल रेड बुक डे”

काठमाडौं । कम्युनिष्ट समर्थकहरुले फब्रुअरी २१ अर्थात् आजको दिनलाई इन्टरनेशनल रेड बुक डे मनाएका छन् । सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले श्रमजीवी वर्गको मुक्तिका निम्ति कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर जारी गरेको सम्झनामा आज विश्वभरीका वामपन्थीहरूले दिवस मनाएका हुन् ।


सर्वहारा वर्गको मुक्तिका लागि लडेका नेताहरुको सम्झनामा काठमाडौंमा पनि कम्युनिस्ट घोषणापत्र वाचन गरिएको छ । मार्क्स र एंगेल्सको सम्झना तथा विकृति उन्मुख नेपाली राजनीतिको सुधारका लागि घोषणापत्र वाचन गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सन्तोष सिलवालले बताए ।

कार्यक्रममार्फत विश्वभरीका कम्युनिस्टहरु मार्क्सवादको अध्ययन, विकास र सामन्ति पुँजीपतिविरुद्ध एक भएको सन्देश दिन खोजेको तथा जन अनुमोदित कम्युनिस्ट सरकारको दिगोपना र निरन्तरताको पक्षमा सडकमा उत्रेको सहभागीले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट