सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मघरमा

जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मघरमा

तेह्रथुम — प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन आफ्नो जन्मथलो तेह्रथुमको आठराई जानु भएको छ।

प्रधानमन्त्री ओली जन्मगाउँ आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री ओली जन्मथलो आठराई गाउँपालिका–४ इवामा विभिन्न कार्यक्रमका लागि आउन लागेकाले गाउँपालिकामा सार्वजनिक बिदा दिइएको अध्यक्ष मानबहादुर लिम्बुले जानकारी दिए ।

प्रधानमन्त्रीको जन्मघर
फोटो – प्रधानमन्त्रीको जन्मघर

ओलीले आइतबार आठराईको सुकेपोखरीबाट जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँघुबाट ताप्लेजुङको दोभान जोड्‍ने करिब १ सय किलामिटर दूरीको मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रम छ।

नेकपा आठराईका इन्चार्ज भीम घिमिरेले ओलीले आठराई क्षेत्रका ७० वर्ष कटेका ४ सय जेष्ठ नागरिकलाई सम्मान गर्ने र गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

इवाका सबै विद्यार्थी र अन्य वडाका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि छ।आफू जन्मिएको घरमा प्रधानमन्त्री ओली तेस्रो पटक आउन लागेका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend