logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • लगातारको शीतलहरबाट उत्तरी चीनको जनजीवन प्रभावित

    लगातारको शीतलहरबाट उत्तरी चीनको जनजीवन प्रभावित

    910
    Shares
    लगातारको शीतलहरबाट उत्तरी चीनको जनजीवन प्रभावित

    काठमाडाैँ । उत्तर र उत्तरपूर्वी चीनमा तिब्र हावा र भारी हिमपात शुरु भएसँगै जनजीवन प्रभावित बनेको छ ।

    जटिल मौसमी अवस्थाको सामना गर्न चीनको उत्तरपूर्वी प्रान्तहरूले तयारी थालेका छन् । उनीहरुले सुरक्षा सुनिश्चित गर्न आवश्यक काम अघि बढाएका छन् । हेइलोङजियाङ प्रान्तको राजधानी हार्बिनमा हिउँ र बरफ हटाउने कार्यका लागि ८९ हजार भन्दा बढी सरसफाइ कर्मचारीहरूका साथै मेसिनरी र उपकरणहरू परिचालन गरिएको छ ।

    लिओनिङ प्रान्तमा सोमवार रातिसम्म करिब २० हजार हिउँ हटाउने सवारी साधन र उपकरणसहित करिव १ लाख २० हजार मानिस परिचालन गरिएको थियो ।

    उत्तरी चीनमा आगामी तीन दिनसम्म शीतलहर जारी रहने मौसमविद्ले मंगलवार बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend