
सुनौलो नेपाल/बार्सिलोना । एमसिसी खारेजको माग गर्दै स्पेनको नेपाली एकता समाजले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ ।
जेनेभाको एक कार्यक्रममा भाग लिन स्विजरल्याण्ड जाने क्रममा स्पेनको बार्सिलोनामा आयोजित एक अन्तक्रियामा भाग लिन पुगेका ज्ञवालीलाई समाजले मागपत्र बुझाएको हो । स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले मन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो ।
एमसिसी सम्झौता र नेपाली कानुन बाझिएमा एमसिसी सम्झौता लागू हुनेछ र बाझिएको हद सम्म नेपाली कानुन निष्कृय हुनेछ । कार्यक्रमको खर्चको अडिटिङ अमेरिकी संस्थाले मात्र गर्नेछ । जस्ता आपत्तिजनक र राष्ट्रघाती प्रावधानहरु कुनै पनि स्वाभिमानी नेपाली र स्वाधीन राष्ट्रका लागि स्वीकार्य हुन नसक्ने भन्दै खारेजीको माग गरेको छ । यसैगरी समाजले देशमा भ्रष्टाचारको अवस्था भयावह बनेको जनाएको छ । समाजले देशमा हुने उन्नती र प्रगतीमा मात्र प्रवासी नेपाली खुशी हुन सक्छन भन्दै देशमा अनियन्त्रीत रुपमा बढ्दै गैरहेको भ्रष्टाचार रोक्न माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ –“विदेशीसँग हात थापेर आउने रकम जति नै ठूलो भएपनि त्यसले गुणात्मक फड्को मार्न सक्दैन् ।”
समाजले एनसेल लगायतका विभिन्न संस्थाले कर छली गरेको रकम असुल उपर विद्युत् प्रसारण लाइन, यातायात जस्ता भौतिक पूर्वाधारका कार्यक्रम लगानी गर्न समेत आग्रह गरेको छ । स्वदेशमा रोजगारी नहुँदा नेपालीहरू बिदेसिन बाध्य भएका लार्खौ नेपालीलाई नेपालमै रोजगारी सिर्जना गर्र्न नेपालमै फर्किएर आफ्नो सीप, श्रम र क्षमता प्रयोग गर्ने वातावरण निर्माण गर्न समेत सरकारलाई माग गरेको छ ।
यसैगरी विदेशीहरुसित बिबाह गरेर गएका नेपाली महिलाहरुबाट जन्मिएका बच्चालाई वंशजको नागरिकता दिने व्यवस्थाले विदेशीहरू समेत राष्ट्रप्रमुख, सरकारप्रमुख, नेपालीका प्रमुख, सुरक्षा प्रमुख र रक्षा प्रमुख बन्ने बाटो खुल्नेछ । विधेयकमा बिदेशी महिलालाई विवाह गर्दा बित्तिकै नेपालको नागरिकता दिने, २०५३ अघि जन्मको आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान नेपालको नभएको भन्दै उक्त विधेयकको खारेजीको माग गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend