
फागुन १२ काठमाडौं: राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा ३ सदस्सिय कार्यदल बनाएको छ। कार्यदलको सदस्यमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा सदस्य रहेका छन्।
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री समेत बन्न मिल्नेगरी राष्ट्रियसभामा लैजाने तयारीस्वरुप संविधान संशोधनको प्रस्ताव गरिएको हो। नेकपा उपाध्यक्ष गौतमले भने प्रधानमन्त्री बन्न पाउने भए मात्रै आफू राष्ट्रियसभामा जाने बताउने गरेका छन्।
गौतम ०७४ मंसिरमा भएको आमचुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। पार्टीले उनलाई राष्ट्रिय सभामा मनोनित गर्न प्रयास गरिरहेको छ भने गौतमले भने राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरि संविधान संशोधन गरे मात्र आफु राष्ट्रिय सभामा जाने बताउंदै आएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend