
१२ फागुन काठमाडौँ- नेकपाको गण्डकी प्रदेश स्तरीय प्रक्षिण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेपछि
४ बिद्यार्थी पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा रहेका छन् । बिद्यार्थीहरुले निबर्तमान संचारमन्त्री गोकुलबास्कोटाले सुक्युरीटि प्रेस खरिद सम्बन्धमा स्विस कम्पनिका भनिएका एजेन्टसंग कमिसनमा गरेको बार्गेनिङको अडियो प्रकरण, यति होल्डिंगसलाई राज्यको जग्गा उपलब्ध गराएको, राज्यको ढुकुटीमा जन्मदिनको पार्टी मनाएको लगाएतको आरोप लगाउदै कालोझन्डा प्रदर्शन गर्ने तयारी गरेका थिए ।
यसअघि प्रचण्ड प्रदेश नम्बर ५, कर्णाली प्रदेशमा भएका भेलामा गएका थिए। उक्त भेलामा प्रधानमन्त्री ओली गएका थिएनन्।नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिकामा प्रदेशका भेला दुवै अध्यक्षले सम्बोधन गर्ने उल्लेख थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend