शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

जव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको चर्खा चलाए…

जव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको चर्खा चलाए…

फागुन १२ काठमाडौं: भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको साबरमती आश्रमको अवलोकन गरेका छन्। पत्नी मेलानिया, छोरी इभान्का र ज्वाईं ज्यारेड कुशनरसहित २ दिने भारत भ्रमणमा आएका ट्रम्पले आश्रममा रहेको गान्धीको चर्खा पनि चलाएका छन्।

गान्धी आश्रममा ट्रम्पले महात्मा गान्धीको तस्बिरमा माल्यार्पण गरे ।

साबरमती आश्रममा केही बेर रोकिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प एक लाख १० हजार दर्शक क्षमता रहेको मोटेरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुग्नेछन् । जहाँ ट्रम्पलाई हजारौं भारतीय नागरिकले ‘नमस्ते, राष्ट्रपति ट्रम्प’ भनेर अभिवादन गर्नेछन् ।

ट्रम्पले आफ्नो दुई दिने भ्रमणका क्रममा अहेमदावादका साथै आग्रा र नयाँ दिल्ली पनि जाने कार्यक्रम छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend