काठमाडौँ । काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक डाकिएको छ ।
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ । मङ्सिर ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा संघले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले बताए ।
बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् । युवा संघ र मेडिकल व्यवसायी प्रसाई समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ ।