शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अरुको के कुरा, पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थाल्यो: मुख्यमन्त्री गुरुङ

अरुको के कुरा, पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थाल्यो: मुख्यमन्त्री गुरुङ

फागुन १२ काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेको बताएका छन्। नेकपा गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा बोल्दै मुख्यमन्त्री गुरुङले पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको बताएका हुन्।

‘हामी आत्मालोचना, आत्मनिन्दामा बसेका छैनौं । आफैं आफ्नै सरकारको विरुद्धमा छौं । हुन त यसमा गोपनीयताका कुरा होलान्, इमान्दारिताका कुरा होलान्, उनले भने, ‘हामी आफैंलाई सिध्याउने बाटोमा लागिराख्या छौं । त्यसैले प्रतिक्रियावादीले हाम्रोविरुद्ध खेलिरहेका छन् ।’

उनले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको भन्दै जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएकोले सुधारतर्फ लाग्नुपर्ने बताए। अबको ३ वर्षमा फेरि नेकपा जनताकै बीचमा जानुपर्ने भएकाले पार्टीको अस्तित्व सकिने गतिविधिमा संलग्न नहुने आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend