logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी भेला हुन रोक

    माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी भेला हुन रोक

    975
    Shares
    माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी भेला हुन रोक

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

    आज सोमवार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोक्नुभएको हो । यही मङ्सिर ७ गते माइतीघरमा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका थिए ।

    एकै दिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको हो ।

    पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुली बजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

    यो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेशमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend