logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • विश्वकप छनोटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेको यमनसँग खेल्दै

    विश्वकप छनोटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेको यमनसँग खेल्दै

    6.1K
    Shares
    विश्वकप छनोटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेको यमनसँग खेल्दै

    काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मंगलवार यमनसँग खेल्दैछ । त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ ।

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनसँगको खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि यूएईसँगको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनसँगको खेलमा नेपालले जित निकाल्ने बताए ।

    गएको कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल यूएईसँग ४–० को गोल अन्तरले पराजित भएको थियो । यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले यूएईसँगको खेलमा हार बेहोर्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको प्रतिक्रिया दिए ।
    फिफा वरीयतामा यमन नेपालभन्दा १७ स्थान माथि छ । वरीयतामा नेपाल १७३ औँ स्थानमा छ भने यमन १५६ औँ स्थानमा रहेको छ । नेपाल र यमनबीचको खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भीआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

    विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपाल समूह ’एच’ मा रहेको छ । नेपालको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend