आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

भीम रावल भन्छन: भ्रष्टाचारीलाई उन्मुक्ति नहोस, गोकुल बास्कोटालाई पनि कारबाही गरियोस्

भीम रावल भन्छन: भ्रष्टाचारीलाई उन्मुक्ति नहोस, गोकुल बास्कोटालाई पनि कारबाही गरियोस्

फागुन १२ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधि सभा सांसद भीम रावलले भ्रष्टाचार गर्ने कसैलाई पनि छोड्न नहुने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै रावलले कसैलाई सानो मुद्धामा ठूलो प्रहार हुने र कसैलाई गम्भीर भ्रष्टाचारमा केही नहुने गल्ती कहींबाट पनि हुन नहुने बताएका हुन्। सेक्युरिटी प्रेस खरिदमा भएको भ्रष्टाचार प्रकरणको गहिराइमा गएर राज्य, सरकार र पार्टी सबै तहबाट भ्रष्टाचारी लाई कार्वाई गर्नु जनता, देश र नेकपाको हित र सुशासनका लागि अत्यावश्यक रहेको उनको भनाइ छ।

उनले गोकुल बास्कोटातर्फ इङ्गित गर्दै उनलाई पनि कारवाहीको दायरामा ल्याउन माग गरेका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend