शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

कर्णालीमा जीप खस्यो !

कर्णालीमा जीप खस्यो !

फागुन १३ काठमाडौं:कालिकोटमा कर्णाली करिडोरमा जीप दुर्घटना भएको छ ।

नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा मंगलबार बिहान १० बजेतिर दुर्घटना हुँदा जीप कर्णाली नदीमा खसेको छ । १ च ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् । जीप जिते बजारको पुल पारी यात्रुलाई झारेर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीप चालक दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend