सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

प्रधानमन्त्रीको जन्मदिनले पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदियो: गगन थापा

प्रधानमन्त्रीको जन्मदिनले पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदियो: गगन थापा

फागुन १३ काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न कार्यदल बन्नुले ओली देखिँदा सूरो, यथार्थमा भने विचरो भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन्।

राष्ट्रिय ठाटका साथ मनाइएको प्रधानमन्त्रीको जन्मदिनले पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको भन्दै थापाले भने, “नागरिकहरु भन्दैछन् राष्ट्रिय ठाटका साथ मनाइएको जन्मदिनले हामीलाई २०६०/०६१ सालको पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ। पूर्वराजा यसैगरी हिडिबक्सन्थ्यो। आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो। विद्यार्थीहरुलाई आफ्नो जय जयकार गर्न लगाइबक्सन्थ्यो। र, आफ्ना भारदारलाई सोधिबक्सन्थ्यो एक दुई जना मानिसहरु यता उता विरोध गरिरहेका त छैनन् नि? भारदारले भन्थे, ‘महाराज सबै ठिक छ, एक दुई जना मानिस मात्रै विरोध गरिरहेका छन्।’

नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि स्वास्थ्यलाभ गर्न गइदिनका लागि थापाले प्रधानमन्त्रीलाई आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend