
फागुन १३ काठमाडौं:प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कमिसन डिलमा प्रधानमन्त्रीको पनि संलग्नता रहेको शंका ब्यक्त गरेकी छिन।
सुनौलो नेपालसंगको कुराकानीमा प्रतिनिधि सभा सदस्य समेत रहेकी संग्रौलाले वहिर्गमित संचारमन्त्री गोकुल बास्कोटा प्रधानमन्त्री केपी ओलीसंग संगै बस्ने र सार्वजनिक समारोहमा प्रधानमन्त्रीले बास्कोटाको खुलेर प्रसंशा गर्नुले यस प्रकरणमा प्रधानमन्त्रीको पनि संलग्नता रहेको आशंका गर्ने आधार रहेको उनको भनाइ छ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री सहित अन्य चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेकोले यसको सत्य तथ्य छानविन हुनुपर्ने उनको धारणा छ।
सेक्युरिटी प्रिन्टिंग प्रेसको कुरा मात्र नभएर स्याटेलाइट खरिद प्रक्रिया, फोर जी टेलिकम बिस्तार प्रक्रिया , अप्टिकल फाइबर विछ्याउने प्रक्रियालगायत थुप्रै अन्य काण्डहरुमा पनि सरकार दोषी देखिएको र प्रधानमन्त्री ओलीले यस बारेमा संसदमा स्पस्टिकरण दिनुपर्ने उनले माग गरिन।
हेर्नुहोस सुनौलो नेपालका लागी मोहराज शर्माले सांसद डिला संग्रौलासंग गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend